
अ
+
अ
अ
-
वीरगञ्ज – एक केजी चार सय ग्राम चाँदीसहित रौतहटबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधव नारायण नगरपालिका–१ दिपही टोल बस्ने दिनेश प्रसाद साह छन्।
गौर नगरपालिका–१ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अटोलाई चेकजाँचको क्रममा साहलाई पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट चान्दीको सिक्रि ९ पिस, पेच रिंग २ पिस र पाउजु ७ जोड गरि एक केजी चार सय ग्राम चाँदी बरामद गरिएको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको उनले बताईन ।