
गमगढी– मुगुको उत्तरी ब्यापारिक नाका नाक्चे लाक्ना खुल्ने कुरा अन्योलमा परेको छ।
मुगु लगायत नेपालका १४ ओटा परम्परागत उत्तरी ब्यापारीक नाका खोल्ने तयारी भएको खवर सरकारी स्तर बाट बाहिर आएपनि नाका कहिले खुल्ने हो रु कुनै टुङ्गो नभएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ् क्याप्ने लामाले बताए।
उनले भने ू गत बर्ष उत्तरी नाक्चे लाग्ना नाका खुल्ने हल्ला व्यापक भयो तर अन्तमा नाका खुलेन सबै करान बासी निराश हुनुपर्याे बर्ष पनि हल्ला चलेको छ के हुने हो बिश्वास त लाग्दैन लामाले भने ।
यस बर्ष नाका खुल्ने हल्ला त सुनेको छु तर आधिकारिक जानकारी कतै बाट पनि नआएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए।
चिनियाँ हाट बजारमा जाने व्यापारी तथा अन्य सर्व साधारण हरूको सहजताको गत बर्ष ४ सय थान परिचय पत्र समेत ब्यबस्था गरिएको भए पनि नाका नखुल्दा प्रयोगमा नआएको प्रजिअ केसीले जानकारी दिए।
कोरोना महामारीको समय देखि हाल सम्म यो नाका वन्द हुँदा सिंङ्गो कार्मारोङ गाउँपालिकाका स्थानीयलाई दैनिक उपभोग्य बस्तुको ब्यवस्थापन गर्न कठिन हुने गरेको छ।
विगतमा चिनले हरेक वर्ष असाररसाउनमा उत्तरी नाका नाक्चेनाङ्ला खोल्ने गरेको थियो।
त्यसबेला कार्मारोङ गाउँपालिका भित्रका १७ वटा बस्तीका बासिन्दा खाद्य बस्तु किनमेल गर्न तिब्बत पुग्थे। एक पटक उताबाट सामान ल्याएपछि त्यसले वर्ष दिन सम्मको काम चल्ने गर्दथ्यो। तर कोभिड महामारीयता जीवन कष्टपूर्ण वनेको मगुम कार्मारोङ गाउँपालिका वडा नं ७ का स्थानिय लाक्पा लामाले बताए। उनले भने यश बर्ष जसरी भए पनि यो नाका खोल्नु पर्छ नत्र सारै समस्या हुनेछ। हामी कार्मारोङका बासिन्दा हाट खुल्ने दिन कुरेर बसेका छौ ू
लामो समयदेखि उत्तरी नाका वन्द हुँदा जडीबुटी देखि स्थानीय उत्पादनले समेत उचित मूल्य नपाएको उनको गुनासो छ। यार्सागुम्वा समेतको मूल्य अनेत्र भन्दा तिब्वत्तमा राम्रो पाईने गरेकको छ लामाले बताए।
पहिले वन क्षेत्रमा संकलन हुने अत्तीस, कटुकी, वनलसुन, यार्सा लगायत जडीबुटी तिब्बतमा निर्यात हुने गर्थ्यो भने अहिले नाका बन्द हुँदा जडीबुटी स्थानीयले गाउँ देखी घोडाखच्चर मार्फत बोकाएर गमगढी ल्याउने र त्यहाँबाट गाडीमा राखेर नेपालगञ्ज हुँदै भारतसम्म पुर्यातएर बेच्नु पर्ने बाध्यता छ।
पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने गरी नुन, तेल, चामल, मैदा, चियापत्ती, ध्यू ल्याएर उपभोग गर्न बानी परेका कार्मारोङका स्थानीयलाई अहिले समस्या भएको स्थानीय बासी पात्मा नुर्बु लामाले बताए।
‘तिब्बती नाका बन्द हुँदा हामीलाई अहिले सारै दुःख छ, चितै गाउँकी तामाङले भनिन्, ुदुई दिन हिँडेर गमगढी पुगेर नुन, चामल तेल ल्याएर खानुपरेको छ।’
उनका अनुसार तिब्बत जाँदा भनेको जस्तो सस्तोमा सामान खरिद बिक्री गर्न पाईने र ढुवानी गर्न समेत नजिक पर्छ भने स्थानीय बस्तुको बजार मूल्य समेत तिब्बतमा राम्रो पाइने अवस्था छ।
मुगुको उत्तरी नाका खुलाउन पहल गरि दिन परराष्ट मन्त्रालयसंग लिखित तथा मौखिम आग्रह गरेपछि यो वर्षबाट सो नाका खोल्ने निश्चित भएको प्रतिनिधिसभाका सदस्य ऐनबहादुर शाहीले बताए।