कांग्रेस–एमालेबीचको सहमति गम्भीरताका साथ अगाडि बढाउनुपर्छः शेखर कोइराला

कांग्रेस–एमालेबीचको सहमति गम्भीरताका साथ अगाडि बढाउनुपर्छः शेखर कोइराला
+
-

वीरगञ्ज – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले पनि प्रधानमन्त्री र मन्त्री बन्ने कुरामा अल्मलिए अप्ठयारोमा पर्न सकिने बताएका छन्।

मंगलबार वीरगञ्जमा गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्न आएका उनले कांग्रस र एमालेबीच सता नेतृत्वको लागि भएको सहमतिबारे बोल्दै यस्तो बताएका हुन्।

आफूले कांग्रेस–एमाले एकठाउँमा उभियो भने गन्तव्यमा पुग्न सकिने कुरा धेरैजसो ठाउँमा भन्दै आएको र त्यो कुरा गए राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको सम्झदारी पत्रमा भएको हस्ताक्षरले पुष्टि भएको कोइरालाको भनाइ थियो।

‘मैले सात–आठ महिना पहिले नै भनेको थिएँ, एमाले–कांग्रेस एकठाउँ उभियो भने गन्तव्यमा पुग्न सकिन्छ,’ उनले भने, ‘मैले जुन एजेण्डा थ्रो गर्न खोज्या थिएँ, त्यो कुरा विस्तारै अहिले आएर कांग्रेसका सभापति शेरबहादु जी र एमालेका अध्यक्ष ओलीजीको एउटा सम्झदारी पत्रमा हस्ताक्षर भएको छ।’

कांग्रेस र एमालेबीच भएको सहमतिमा रहेको संविधान संशोधन, स्थानीय तह घटाउनु पर्ने, आलोपालो प्रधानमन्त्री बन्नेजस्ता कुराहरुलाई पूरा गर्न सकियो भने देशलाई अगाडि बढाउन सकिने कोइरालाले बताए।

एमाले र नेपाली कांग्रेसको सहमतिलाई दुई वटै राजनीतिक दलले अत्यन्त गम्भीरताका साथ पार्टीभन्दा माथि उठेर अगाडि बढाउनुपर्ने उनले बताए। सहमति भएको कुरा गाउँगाउँसम्म पुर्‍याउन सके सहमति सफल हुने कोइरालाको भनाइ थियो।

कांग्रेसमा बेथिति रहेको स्वीकार गर्दै उनले गठबन्धन गरेर ठूलो पार्टी बन्ने र जित्ने कुराको भ्रमलाई हटाउन आवश्यक रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?