झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको गिरोह पक्राउ

झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको गिरोह पक्राउ
+
-

झापा- झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नं. ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन्।

त्यस्तै चोरीको सुनको औंठी बिक्री गर्ने कार्यमा संलग्न कमल गाउँपालिका वडा नं. ३ बस्ने २७ वर्षीय कृष्ण थापा, सुनको औँठी खरिद गर्ने पाथीभरा बराइली ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक कमल गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षीय अर्जुन विश्वकर्मा, सोही ज्वेलर्सका अर्का सञ्चालक कमल गाउँपालिका वडा नं. ३ बस्ने नितेश बराईली, सुनको औंठी खरिद गर्ने प्रतिक्षा भेराइटी किराना पसलका संचालक मेचीनगर नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय सुरेशकुमार दास र अर्जुनधारा नगरपालिका वडा नं. ११ गिरीबन्धु टि इस्टेटमा काम गर्ने सोही बगानको क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशी पक्राउ परेका छन्।

राजवंशीले चोरीको सुनको औंठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गरेका थिए। इलाम रोङ गाउँपालिका वडा नं. ५ स्थायी ठेगाना भइ हाल अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने ३६ वर्षीया दुर्गादेवी श्रेष्ठको घरमा र अर्जुनधारा नगरपालिका वडा नं. ११ स्टाफ चौक बस्ने ५१ वर्षीया उमा श्रेष्ठको घरमा गत जेठ १८ गते चोरी भएको थियो। 

त्यसैगरी बिर्तामोड नगरपालिका वडा नं. ५ नयाँ नमुना टोल बस्ने ३५ वर्षीया गंगा काफ्ले पौडेलको घरमा गत जेठ २१ गते चोरी भएको थियो। ती घटनाको सूचना इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्राप्त भएपछि सो कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए।

असार १७ गते चोरीका सामानहरुसहित ६ जनालाई नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?