ब्ल्याकमेलिङको राजनीति नगर्न रविलाई का‌ंग्रेस सांसद बस्नेतको चेतावनी

ब्ल्याकमेलिङको राजनीति नगर्न रविलाई का‌ंग्रेस सांसद बस्नेतको चेतावनी
+
-

कठमाडौँ – नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन्।

बुधवारको राष्ट्रिय सभा बैठकमा उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न आग्रह गरे।
उनले ब्ल्याकमेलिङको राजनीतिक चेतावनी दिए। उनले नेपाली काँग्रेस सरकारमा जान आतुर रहेकाले चाँडोभन्दा चाँडो सरकारलाई निकास दिन आग्रह गरे।

उनले एमाले र कांग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको बताए।

उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ। चाँडोभन्दा चाँडो सरकारले निकास दिनुपर्‍यो। चाँडो भन्दा चाँडो सरकारमा जान चाहन्छाँै। यो स्पष्ट कुरा हो। जहाँसम्म संविधानका कुरा छ, लोकतन्त्रको कुरा छ, धर्म निरपेक्षताको कुरा छ। यो काँग्रेसको हिजोदेखिकै कुरा हो, यसमा हामी कतै झुकेनौँ, टुटेनौँ। बारम्बार धोका दिँदा दिँदा दुई धोका खाएका व्यक्तिहरु दुई ठूला पार्टी एक भएका छन्। काँग्रेसले पनि धोका खायो, एमालेले पनि बारम्बार धोका खायो। प्रधानमन्त्रीज्यु के भन्नुहुन्छ भने एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु बल खेलेको खेल्यै गर्छु भन्नुहुन्छ। बल खेल्न नदिउँ भनेर यो सहमति भएको छ। उन्नति, प्रगति र विकासको लागि यो सहमति भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ। खोलौँ न सबै फाइल खोलौँ। तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ। फाइल खोल्ने धम्की नदिऔँ। ब्ल्याकमेलिङको राजनीतिक नगराँै। काँग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन्।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?