अजिङ्गरको पेटभित्र मृत महिला फेला

अजिङ्गरको पेटभित्र मृत महिला फेला
+
-

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ । आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता भएको र खोजी गर्ने क्रममा उनलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ ।

घटनाबारे गाउँ सचिव इयाङलेले भने, “उनका श्रीमान् आदियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको चप्पल र प्यान्ट फेला पारेको, त्यसको केही समयपछि उनले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर देख्नुभएको र उसको पेट धेरै ठुलो देखेपछि आदियान्सालाई शङ्का लागेर गाउँलेहरूको सहयोगमा अजिङ्गरको पेट चिरेका थिए। पेटभित्र उनीहरूले मृतक सिरियाटीको शव फेला पारेका हुन्।”

गत महिना दक्षिण सुलावेसीको अर्को जिल्लामा जालीदार अजिङ्गरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन्। गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै गरेको अवस्थामा आठ मिटर लामो अजिङ्गरलाई मारेका थिए ।

सन् २०१८ मा दक्षिणपूर्वी सुलावेसीको मुना सहरमा सात मिटर अग्लो अजिङ्गरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?