ग्रिन हाइड्रोजनले स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्छः मन्त्री बस्नेत

ग्रिन हाइड्रोजनले स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्छः मन्त्री बस्नेत
+
-

काठमाडाैँ – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान गर्ने ठूलो सम्भावनाको रुपमा रहन सक्ने देखिएको बताउनुभएको छ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विद्युत खरिद बिक्री सम्झौता भएका र विद्युत उत्पादनको विभिन्न चरणमा रहेका आयोजनाबाट आगामी केही वर्ष भित्रमा ठूलो मात्रामा उत्पादन हुने सम्भावना रहेको बताए।

उनले जलविद्युतको खपत बढाउन र दिगो तथा स्वच्छ औद्योगिकरणको गतिलाई तिब्रता दिन ग्रिन हाइड्रोजनको उत्पादन र उपयोग आगामी दिनमा अपरिहार्य देखिएकाले ग्रिन हाइड्रोजन नीति, २०७९ ल्याइएको बताए। उनले यसको कार्यान्वयनका लागि आवश्यक नीतिगत, संस्थागत र कार्यप्रणालीगत कदम प्राथमिकताथ अघि बढाइएको पनि बताए।

उनले भने, ‘हाल थप ८ सय मेगावाटको सोलार आयोजनाहरुको लागि प्रतिष्पर्धामार्फत विद्युत खरिद सम्झौता गर्न बोलपत्र आह्वान भइसकेको छ । मूल्यांकनको प्रक्रियामा रहेको छ । त्यसैगरी १० मेगावाट वा सो भन्दा कम क्षमताको जलविद्युत आयोजनाहरुको विद्युत खरिद सम्झौताको सम्झौता स्थगन गरिएको छ । र पीपीएको लागि लाइनमा रहनु नपर्ने स्थिति सिर्जना गरिएको छ। ग्रिन हाइड्रोजन स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्ने ठूलो सम्भावनाको रुपमा रहनसक्ने देखिएको छ । विद्युत खरिद बिक्री सम्झौता भएका र विद्युत उत्पादनको विभिन्न चरणमा रहेका आयोजनाबाट आगामी केही वर्ष भित्रमा ठूलो मात्रामा उत्पादन हुने सम्भावना रहेको छ । जलविद्युतको खपतलाई बढाउन र दिगो तथा स्वच्छ औद्योगिकरणको गतिलाई तिब्रता दिन ग्रिन हाइड्रोजनको उत्पादन र उपयोग आगामी दिनमा अपरिहार्य देखिएकाले ग्रिन हाइड्रोजन नीति, २०७९ ल्याइएको छ । यसको कार्यान्वयका लागि आवश्यक नीतिगत, संस्थागत र कार्यप्रणालीगत कदम प्राथमिकतासाथ अघि बढाइँदैछ।’

उनले हाल थप ८ सय मेगावाटको सोलार आयोजनाहरुको लागि प्रतिष्पर्धामार्फत विद्युत खरिद सम्झौता गर्न बोलपत्र आह्वान भइसकेको र मूल्यांकनको प्रक्रियामा रहेको जानकारी गराए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?