
पोखरा – तनहुँ प्रहरीले १७ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्लाको व्यास नगरपालिका–५ ठूलोघुम्तीस्थित यामबहादुर कुमाले पूरानो घरबाट तास खेल्दै गरेकोे अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
बुधबार दिउँसो तास खेलेको सूचना पाएकोे प्रहरीले छापा हान्दा १७ जनासहित २५ हजार ९९५ रुपैैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी यामबहादुर कुमालसहित सुरेश अधिकारी, सुर्य कुमाल, बिज्ञान खनाल, मिनबहादुर थापा, बिष्णुकुमार जोशी छन् ।
यस्तै, राजेन्द्र सुनार, मंगल सुनार, बिरबहादुर सुनार, शम्भु कुमाल, रबिन्द्र कुमाल, राजकुमार गुरुङ, शान्तबहादुर दरै, रामबहादुर कुमाल, पदम मगर, ऋषिराम अधिकारी र गौरी शंकर शाह छन्।
उनीहरुलाई जुजा सम्बन्धि कसुरमा जिल्ला अदालत तनहुँबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।