पोखरामा तायाः मचा नृत्य प्रतियोगिताको तयारी सुरु

पोखरामा तायाः मचा नृत्य प्रतियोगिताको तयारी सुरु
+
-

पोखरा – पर्यटकीय शहर पोखरामा साँस्कृतिक महत्व बोकेको तायाः मचा नृत्य प्रतियोगिताको तयारी सुरु भएको छ। भदौ ८ गते पोखराको नयाँबजारमा प्रतियोगिता हुनेछ।

नेवा खलः कास्कीको आह्वानमा यसपाली नयाँबजार साँस्कृतिक समितिले प्रतियोगिता आयोजना गरेको हो। हरेक बर्ष पोखराको फरक स्थानमा तायाः मचा नृत्यको प्रतियोगिता हुँदै आइरहेको छ।

२५० बर्ष पुरानो इतिहास बोकेको गाइजात्रा पर्वको अवसरमा मौलिक ऐतिहासिक तायाः मचा नृत्य प्रस्तुत गरिने चलन रहेको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताए। ‘तायाः मचा पोखराको पहिचानको रुपमा प्रस्तुत हुँदै आइरहेको छ। हिजो एउटा समुदायको मात्र थियो अहिले सम्पुर्ण पोखरेलीको साझा सम्पत्ती भएको छ’, उनले भने।तायाः मचा नृत्य धार्मिक मान्यताका हिसाबले पितृ उद्दार कार्यको रुपमा लिइन्छ।

प्रतियोगितामा ३६ टोलिको सहभागिता रहने अनुमान छ। पुरुषतर्फको विजेताले तीन लाख एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो, तेस्रो र चौंथोले क्रमशः दुई लाख एक रुपैयाँ, एक लाख एक रुपैयां र ५० हजार एक रुपैयाँ प्राप्त गर्नेछन्।

महिलातर्फको विजेताले ५० हजार एक रुपैयाँ, दोस्रोले ३० हजार एक रुपैयाँ र तेस्रोले २० हजार एक रुपैयाँ पाउने आयोजक नयाँबजार साँस्कृतिक समितिले जानकारी दिएको छ। ४३ लाख रुपैयाँ प्रतियोगिता सम्पन्न गर्न खर्च हुने अनुमान छ।

पुरस्कारका लागि  स्वर्गीय हेमप्रसाद र बालकुमारी श्रेष्ठको स्मृतिमा रामकाजी श्रेष्ठ, रविन्द्र, शंकर र कविन्द्र श्रेष्ठले आर्थिक सहयोग गर्ने उद्घोष गरेका हुन्। गत बर्ष पोखराको रानिपौवामा प्रतियोगिया भएको थियो।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कार हस्तान्तरण गर्नलाई प्रतियोगिता गरेको बताए। २०५८ सालमा ८ वटा समूहले तायाः मचा नांच देखाउथे। अहिले बढेर ३६ समूह पुगेको छ। प्रतियोगिताले तायाः मचा नेवार बस्तीहरुमा विस्तार गर्न सघाएको पालिखेको उनको भनाइ थियो। ‘संस्कार सँस्कृतिलाई बचाउन पर्छ। यो पोखराको सम्पत्ति हो। यहाँको जस्तो विशेष अन्तको हुँदैन’, उनले भने।

पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कार संस्कृति संरक्षणमा राज्य  जिम्मेवार बन्नुपर्ने बताए। पर्यटनका लागि कला सँस्कृतिको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?