युरोकप क्वाटरफाइनलः स्टार खेलाडीले भरिएको इंग्ल्यान्डलाई स्विट्जरल्यान्डको चुनौती

युरोकप क्वाटरफाइनलः स्टार खेलाडीले भरिएको इंग्ल्यान्डलाई स्विट्जरल्यान्डको चुनौती
+
-

काठमाडाैँ – युरोपियन च्याम्पियनसिप (युरो कप) अन्तर्गत शनिबार क्वाटरफाइनलका बाँकी दुई खेल हुँदै छन्। पहिलो खेलमा साविक उपविजेता इंग्ल्यान्डलाई स्विटजरल्यान्डले राति ९ः४५ मा चुनौती दिंदा अर्को खेल मध्यरात १२स्४५ मा टर्की र नेदरल्यान्ड्सविच हुनेछ।

जारी प्रतियोगितामा इंग्ल्यान्ड समूह ‘सीु’को विजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुग्दा हालसम्म अपराजित छ। इंग्ल्यान्डले प्रि क्वाटरफाइनलमा स्लोभाकियाको चुनौती २(१ ले पन्छाएर क्वाटरफाइनलमा स्थान बनाएको थियो। स्लोभाकिया विरुद्ध अन्तिम मिनेटमा बराबरी र अतिरिक्त समयमा निर्णायक गोल गरेको इंग्ल्यान्डले हार्दा(हार्दै जितेको थियो। त्यसैलै स्विट्जरल्यान्ड विरुद्ध स्लोभाकियाको त्यो चुनौती विर्साउँदै सुरुवातबाटै नतिजा निकाल्न मैदान उत्रिने छ।

अर्को तर्फ स्विट्जरल्यान्ड भने समूह ‘ए’ को उप(विजेता बन्दै नकआउटचरणमा प्रवेश गरेको थियो। उसले अन्तिम १६ मा साविक च्याम्पियन इटालीलाई २(० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्योन। बलियो दाबेदार टोलीला पराजित गरेकाले स्विट्जरल्यान्ड आत्माविश्वासी रहेको छ।

जारी प्रतियोगितामा दुबै टोली अपराजित रहेकाले अर्को एउटा जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा दुबैको आशा रहेको छ। फिफा वरियतामा स्विट्जरल्यान्ड भन्दा इंग्ल्यान्ड निकै अघि रहेको छ। इंग्ल्यान्ड पाँचौ स्थानमा रहँदा स्विट्जरल्यान्ड १९ औं स्थानमा छ।

अन्तर्राष्ट्रिय फुटबलमा यि दुइ टोलीबिच कुल २७ खेल भएका छन्। जसमा इंग्लिस टोली हावी हुँदै आएको छ। इंग्ल्यान्डले १९ खेलमा जित निकाल्दा स्विट्जरल्यान्डले भने तीन खेल मात्र आफ्नो पक्षमा पारेको छ। बाँकी पाँच खेल बराबरीमा सकिएको छ।

यी दुई टोलीबीच पछिल्लो पटक सन् २०२२ को मार्च २६ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका दौरान प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा इंग्ल्यान्ड २(१ ले विजयी भयो। इंग्ल्यान्डलाई स्विट्जरल्यान्डले विगत ४७ वर्षयता इंग्ल्यान्डलाई हराउन सकेको छैन्। इंग्ल्यान्डलाई १९८१ को फिफा विश्वकपका दौरान समूह–४ मा प्रतिस्पर्धा हुँदा २–१ ले स्विट्जरल्यान्डले जितेको थियो। त्यसयता भएका १३ मध्ये ३ खेल बराबरी भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?