
वीरगञ्ज – शुक्रबार राति र शनिबार बिहानैदेखि परेको अविरल बर्षाका कारण वीरगञ्ज महानगरका किसानहरुको धानबाली डुबानमा पारेको छ।बर्षाका कारणले महानगरको ग्रामीण वडाका किसानले लगाएको धानबाली डुबानमा पारेको हो।त्यस्तै रोपाईको लागि तयार भएको खेतमा समेत स्थानीय भेडाहा खोलामा आएको बाढी पस्दा डुबानमा परेको छ।
भेडाहा खोलामा आएको बाढीको पानीले वीरगञ्ज महानगरको वडा नम्बर २२ जगरनाथपुर टोल ,३० लालपर्सा,प्रसोतीपुर टोल,३१ को बेल्वा प्रसौनीलगायत स्थानमा धानबाली डुबानमा परेको छ।
शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण भेडाहा खोलामा बाढी आउदा महानगरको ती वडाहरुमा सयौ किसानहरुले यसअघि नै आ आफनो धान रोपाई गरिसकेका थिए।उनीहरुको बाली डुबानमा परेको छ भने ब्याडमा राखिएको बिउँ तयार भएपछि रोपाईको जोहो गरिरहेका किसानहरुको खेतमा बाढीको पानी पस्दा किसानहरु रोपाई गर्न सकेका छैनन्।
भेडाहा खोलामा आएको बाढी र त्यसमा आएको माटोले आफ्नो मात्रै दुइक्षर्् बिगाहामा भर्खरै लगाएको धानबाली डुबानमा पारेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुर टोलका किसान सफिउल्लाह अन्सारीले जानकारी दिए।आफुहित अन्य किसानहरुको रोपिसकेको धानबाली बाढीले डुबाएको तथा रोप्नको लागि तयार भएको खेत पनि बाढीले डुबाई दिएको उनले बताए।
बर्षा नरोकिए भेडाहा खोलामा झनै ठुलो बाढी आउने भएकाले थप क्षति गर्न सक्ने चिन्तामा किसानहरु रहेको अन्सारीको भनाई छ।वीरगञ्ज महानगरको वडा न्म्बर ३१ स्थित भेडाहा खोलाले हरेक बर्ष नै किसानहरुको बाली नाली डुबानमा पारेर नष्ट गर्ने गरेको छ।तर बाढी रोक्नको लागि हालसम्म तिनै तहका सरकारबाट भने उचित पहल हुन सकेको छैन।अविरल बर्षाका कारण वीरगञ्जका् भ्डाहा खोला,र्सिसिया नदी लगायतको जलस्तर बढेको छ।