
पर्वत – पोखरा पर्वतमा निरन्तरको बर्षाले पहिरो खसेर घरगोठ बगाउँदा पर्वतमा दुई जनावेपत्ता भएका छन्। पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा शनिबार दिउँसो पहिरोले झलक पौडेलको घर पुरिँदा दुई जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए।
घरभन्दा एक सय मिटरमाथिबाट खसेको पहिरोले ४० वर्षीय झलक पौडेल र अन्जादी ३५ वर्षीया तुलसीप्रसाद शर्मा बेपत्ता भएका हुन। अहिले उनीहरुको खोजी भइरहेको भुसालले बताए। स्थानिय र प्रहरीले बेपत्ताको खोजी गरेका छन्। पहिरोबाट गोठमा रहेको पशुचौपायसमेत वेपत्ता भएको प्रहरीले जनाएको छ। पशुचौपायको उद्दारमा जादा दुई जना घाइते भएको जनाइएको छ।