सहकारीको विषयलाई सामान्य रुपमा नलिनुस्ः केसी

सहकारीको विषयलाई सामान्य रुपमा नलिनुस्ः केसी
+
-

काठमाडाैँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको विषयलाई सामान्य रुपमा लिन नहुने बताएका छन्।

काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनहरु फेरि रहे पनि सबै राजनीतिक दल र सरकारमा जाने नेतृत्वले सहकारीमा रकम हिनामिना गर्नेहरुलाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताए।

उनले सहकारीमा सिमित व्यक्तिहरुले ठूलो रकम हिनामिना गरेको बताउनु भयो । उहाँले नागरिकले आधा पेट खाएर जम्मा गरेको रकम फिर्ता गराउनुपर्ने बताए ।

उनले भने, ‘गठबन्धनहरु फेरिरहेका छन् । तर पनि हाम्रो पार्टीले भनेको जस्तो देश महिनामै राष्ट्रिय जनमार्चाले यो सहकारीको रकम जुन ठूलो मात्रामा हिनामिना भएको छ । लाखौँ नेपालीको विचल्ली भएको छ । यो चानचुन विषय होइन । जनताले नै दबाब नदिइकन नेपाली जनताले खाइ नखाइ जोगाएको पैसा केही सिमित टाठाबाठाहरुले हिनामिना गरेका छन् । म सहकारी मन्त्री हुँदा सहकारीको बारेमा राम्रो थाहा थिएन । मलाई सहकारीको बारेमा मन्त्री बनेपछि धेरै कुरा थाहा भयो । यो चानचुन विषय होइन । यसमा राजनीतिक दलहरुले पनि दबाब दिनुपर्छ ।’

अध्यक्ष केसीले पुँजीवादी आर्थिक प्रणालीले अंगीकार गरेको सहकारी पद्धतिलाई राष्ट्रिय जनमोर्चाले स्वीकार गर्ने पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?