बालेनको केपी ओलीलाई प्रस्तावः काठमाडौँका सुकुमबासीलाई ‘गिरीबन्धु’मा लगेर राखिदिनुस्

बालेनको केपी ओलीलाई प्रस्तावः काठमाडौँका सुकुमबासीलाई ‘गिरीबन्धु’मा लगेर राखिदिनुस्
+
-

काठमाडाैँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले २४ घण्टादेखि अनवरत परेको झरीले जलमग्न भएको काठमाडौँको सुकुम्बासी बस्तीको तस्बिर सामाजिक सञ्जालमा राख्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

काठमाडौँका सुकुम्बासी बस्तीमा एमालेले ३० वर्षदेखि भोटको राजनीति गरेको आरोप लगाउँदै बालेनले अझै ३० वर्षसम्म सुकुम्बासीहरुसँग यसै गरी भोटको राजनीति मात्रै गरिरहने हो? भन्दै ओलीलाई प्रश्न पनि तेर्स्याएका छन्।

बालेनले ओलीलाई दुई तिहाइ सरकारको प्रधानमन्त्री बन्न लागेको भन्दै सुकुम्बासीहरुलाई उचित स्थानमा लगेर व्यवस्थापन गर्न आग्रह पनि गरेका छन् ।

बालेनले विवादित ‘गिरीबन्धु टी–स्टेट’को जग्गामा लगेर काठमाडौँका सुकुमबासीहरुलाई राख्न सकिने भन्दै केपी ओलीमाथि व्यंग्य पनि प्रहार गरेका छन्।

यस्तो छ उनले लेखेको स्टाटस जस्ताको तस्तै–

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी रु उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो रु उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?