
काठमाडौँ – होटल सब्रिना लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। यसका लागि एनएमबी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यस सम्बन्धमा होटल र एनएमबी क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा होटलका संस्थापक तथा अध्यक्ष निराजन थापा र एनएमबी क्यापिटलका सिइओ दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया पूरा गरी यथासम्भव छिटो निष्काशन प्रक्रिया अगाडि बढाउने होटलका अध्यक्ष थापाले बताए। होटल सब्रिना काठमाडौँको बूढानीलकण्ठमा रहेको छ।
हेटलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ।