
वीरगञ्ज – प्रहरीले वीरगञ्जस्थित आईसिपी भन्सार अगाडिबाट एक करोड ८९ लाखभन्दा बढीको हार्डवेयर सामान लोड रहेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।
सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका– २५ स्थित आईसिपी सडक खण्डमा चेकजाँचको क्रममा उक्त ट्रकसहित सामान नियन्त्रणमा लिएको हो। प्रहरीले ना.६ ख ४०५८ र ना. ३ ख १८७ नम्बरको ट्रक र सोमा लोड रहेको एक करोड ८९ लाख पचास हजार ६२२ बराबरको सामान पनि नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको सामानसहित ट्रकलाई आवशयक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।