
मुगु – मुगुमा मंगलबारदेखि हवाई उडान सुचारू भएको छ।
अविरल वर्षाका कारण ६ दिनदेखि अवरूद्ध भएको हवाई उडान आजदेखि सुचारू भएको हो।
नेपाल नागरिक उड्ड्यन कार्यालय ताल्च राराका प्रमुख श्रीकृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएका कारण आज समिट र तारा एयरले उडान भरेका छन्।
हवाई सेवा सुचारु भएसँगै विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर जानुपर्ने यात्रुहरुले राहत महसुस गरेका छन्।