झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
+
-

झापा- झापालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरेको हो। 

कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्नेगरी अभियान अगाडि बढेको बताए। 

यही असार ३० गते प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गर्न लागिएको जानकारी दिदैँ उनले यस कार्यमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाले गरेकाे योगदानको उच्च प्रशंसा गरे। 

जिल्ला समन्वय समिति झापाका प्रमुख एवं खोप समन्वय समितिका संयोजक विश्वनाथ बरालले पूर्ण खोप सुनिश्चितता कार्यलाई निरन्तरता दिन सबैले योगदान र भूमिका खेल्नुपर्ने बताए।

स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जिल्लाका १५ वटै स्थानीय तहबाट प्राप्त तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए। 

उनले राष्ट्रिय खोप तालिकानुसार झापा जिल्लाभरिका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि यस्तो घोषणा गरिएको जानकारी दिए। बाराकोटीका अनुसार यहाँ रहेका दुई सय ८७ खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।

यसैगरी स्वास्थ्य कार्यालय झापाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुन लागेका २६ महिला स्वास्थ्य स्वंयसेविकालाई नगद रु २० हजारसहित सम्मान गरेको छ । यस्तै सबै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वस्थ्यकर्मीबाट एक/एक जनालाई सम्मान गरिएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’