कर्मचारीहरु मन्त्रालयमा धर्ना बस्दा नवनियुक्त कृषिमन्त्रीले पदभार लिन पाएनन्

कर्मचारीहरु मन्त्रालयमा धर्ना बस्दा नवनियुक्त कृषिमन्त्रीले पदभार लिन पाएनन्
+
-

काठमाडौँ- नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सपथ ग्रहण गरेपनि पदभार ग्रहण गर्न पाएका छैनन्।

सोमबार सपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका अधिकारीलाई कर्मचारीले विभिन्न माग राखेर धर्नामा बसेपछि उनले पदभार ग्रहण गर्न नपाएका हुन।

मन्त्रालय पुगेर आन्दोलन कर्मचारीलाई २, ४ दिनमा आफुले समस्या समाधानको पहल गर्ने भन्दै अधिकारी क्यान्टिनमा गएर बसेका छन्।

अधिकांश मन्त्रीले पदभार ग्रहण गरिसकेपनि अधिकारीले भने मन्त्रिपरिषदको बैठकपछि पदभार ग्रहण गर्ने बताएका छन्।

कृषि मन्त्रालयअन्तर्गत रहेका प्राविधिक कर्मचारीहरुको वृत्तिविकास माग गर्दै मन्त्रालयमा धर्ना दिएका कर्मचारीहरुले नयाँ मन्त्रीले आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मात्रै धर्ना कार्यक्रम स्थगित गर्ने बताएका छन।

कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार समायोजन गर्दा प्राथमिकता तय नभएको, विभिन्न दरवन्दीमा रिक्त हुँदा पनि पदपूर्ति नभएको कर्मचारीको गुनासो छ ।

 

सत्ताको साँचो बोकेर सिंहदरबार पुगे प्रधानमन्त्री ओली (तस्बिरहरु)

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’