मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउँछः अर्थमन्त्री पौडेल

मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउँछः अर्थमन्त्री पौडेल
+
-

काठमाडौँ – नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन्।

सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले राम्रो उद्देश्यका लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताए।

उनले राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रससाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गरे। उनले मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरबीच राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने बताए।

उनले भने, ‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठिकै हो। हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त। वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास छ। मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ। हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ। अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुचि हुँदैन। विभिन्न राजनीतिक दलमा आबद्ध हो मिलेर काम गर्न सकिँदैन भनेर कर्मचारीको ब्राण्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरु हुने गरेका छन्। ब्राण्डिङमा विश्वास छैन। कामको परिणाममा विश्वास गर्छु।’

उनले अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुचि नभएको बताए। अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गरे।

उनले आफ्नो कार्यकाल सर्वसाधारण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने पनि बताए। उनले अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?