फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउँदै

फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउँदै
+
-

पोखरा – राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सामाजिक कथामा आधारित भएर तयार पारिएको फिल्म देशभर एकसाथ प्रदर्शन हुन लागेकोे हो।

सोमबार पोखरामा आयोजित पत्रकार भेटघाटमा निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित रहेको बताए। प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरिएकाे उनको भनाइ थियो।

दिव्याकंगना फिल्मको प्रस्तुतीमा निर्माण भएको फिल्मले गुरुङ समुदायले मामाको छोरी, फूपूको छोराबीच नै विवाह हुनुपर्छ भन्ने मान्यतालाई प्रस्तुत गरेको छ।

कास्कीको माछापुच्छ«े गाउँपालिकाको याङ्जाकोटमा छायंकन भएको फिल्ममा झन्डै दुई करोड रुपैयाँ लगानी गरेको निर्माण पक्षले जानकारी दियो।

फिल्ममा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङसँगै सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ।

फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ। फिल्मको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन्। अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ। रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?