
वीरगन्ज – अनैतिक कार्यमा संलगन रहेको आरोपमा चार महिला, एक युवक सहित बाराबाट रेस्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कलैया उप महानगरपालिका–५ घुसुकपुरमा सञ्चालित होटेलमा विभिन्न ठाउँबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृतिको कार्य गराएको सूचनाको आधारमा हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा छापामारी गरेको थियोे ।
छापामारीको क्रममा प्रहरीले होटेल बाट चार जना महिला,बिरगंज महानगरपालिका(२९ बस्ने २० बर्षका युवक र होटेल संचालक कलैया –५ घुसुकपुर बस्ने ३० बर्षका श्याम सुन्दर प्रसाद यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महिलाहरु र युवकको नाम गोप्य राखिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।पक्राउ परेका व्यक्तिहरू माथी मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भई रहेको न्यौपानेले बताए।