लुटेरा समूहको अनुसन्धान तथा पक्राउ गर्ने प्रहरीलाई सम्मान

लुटेरा समूहको अनुसन्धान तथा पक्राउ गर्ने प्रहरीलाई सम्मान
+
-

मुगु – मुगुमा विभिन्न समयमा गाउँ तथा यार्सा लुट्ने लुटेरालाई अनुसन्धान गरी पक्राउ गर्ने प्रहरी लाई सम्मान गरिएको छ। मुगुम कार्मारोङ गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि प्रहरीलाई सम्मान गरेको हो।

जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न पाटन तिर गएको मौका छोपी लुटेरा आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेका थिए।

एक महिना लामो अनुसन्धाना, खोज तलासपछि नेपाल प्रहरीले लुटेरा समूहका ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। अझै ५ जना फरार छन्।

उच्च हिमाल,हिमपात,विकट,जङ्गल,पाटन चहार्दै नेपाल प्रहरिले लुटेराहरुको पहिचान गरि लुटेका सामानहरु मध्य केही सामान सहित ३ जनालाई पक्रन सफल भएको भन्दै मुगुम कार्मारोङ्ग गाउँपालिकाले नेपाल प्रहरीलाई सम्मान गर्ने निर्णय गरे अनुसार गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा र प्रहरी संगठनलाई विहीवार सम्मान गर्नुका साथै सम्मान पत्रहरु हस्तान्तरण गरेका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?