
काठमाडौँ – ‘श्री मानव सेवा फाउण्डेसन नेपाल’ले पशुपतिक्षेत्र, (वनकाली) हंस मण्डपमा श्रावण १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ – २०८१ सुरु भएको छ।
फाउण्डेशनद्वारा आयोजित उक्त कोटिहोम महायज्ञमा आमभक्तजनलाई निःशुल्क तथा सःशुल्क विभिन्न सेवा गर्न सकिने अवसर प्रदान गरेको छ। सःशुल्क सेवातर्फ कोटिहोम महायज्ञको सदस्यता सेवा, साधारण कर्ता सेवा, विशेष कर्ता सेवा, विशिष्ट कर्ता सेवा, गुरुहरुको दक्षिणा खर्च सेवा, एकदिनको बिहानी, दिवा सायनकालीन प्रसाद सेवा गर्न सकिनेछ ।
त्यसका साथै एकदिनको यातायात सेवा, १८ पुराणमध्ये कुनै एक पुराणको पूरै पारायण सेवा, एक दिनको सागसब्जी सेवा, ब्राह्मणको जलपान सेवा, पूजा सामग्री सेवा, यज्ञलाई एक टिन घ्यू सेवा, चौरासी पूजा सेवा, हवन कुण्डमा एक दिनको चरु सेवा, पितृ अर्चना सेवा, गुन्यू चोलो गरेको सेवा, मानव सेवन फाउण्डेसनको आजीवन सदस्यता सेवा, आश्रमको कोठा निर्माण सेवा, अनाथ बालबालिकाको अभिभावक सेवा, भूमि दान सेवालगायत नवग्रह शान्ति सेवा गर्न सकिने मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ।
त्यस्तै, तुलादान सेवा, लाखबत्ती सेवा, आरती सेवा, भागवत् कर्ता सेवा, आश्रमको आजीवन सदस्यता सेवा, एक वर्ग मिटर जमिन दान सेवा आदि गर्न सकिने आयोजक मानव सेवा फाउण्डेसनले जनाएको छ।
कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो।
ऐतिहासिक श्री पशुपति कोटिहोम धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं १०८ श्रीमद्भागवत संकट मोचन (दुःख निवारण) शिव महापुराण धनधान्याचल श्री रामायण कथा मासिक पितृ उद्धार तथा मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थ सँगसँगै आश्रमहरूको सर्वाङ्गीण विकासका लागि उक्त ज्ञान महायज्ञ आयोजना गरिएको फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए।
ज्ञान महायज्ञमा प्रसिद्ध कथा वाचिका राधिका दासीले संगीतमय शिव महापुराण कथा वाचन, देवी प्रतिभा जीले संगीतमय श्रीमद्भागवत कथा वाचन, दीनवन्धु पोखरेलले संगीतमय श्रीमद्भागवत कथा वाचन, डा। कान्ता भट्टराईले संगीतमय श्रीमद् देवीभागवत कथा वाचन र देवी चन्द्रकला सखीले संगीतमय राम कथा वाचन तथा साधु, सन्त, महन्तसँगसँगै अन्य कथा वाचकरवाचिकाको आगमनसहित ॐ आशीर्वचन कार्यक्रम रहेको थापाले बताए।
काठमाडौँको कलंकीमा रहेको श्री मानव सेवा फाउण्डेसनले एक महिने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ आयोजना गर्न लागेको हो ।