रुवान्डामा कागामे राष्ट्रपतिमा पुनः निर्वाचित

रुवान्डामा कागामे राष्ट्रपतिमा पुनः निर्वाचित
+
-
बिहीबार प्रकाशित अन्तिम परिणामअनुसार रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार उनले ९९ दशमलव १८ प्रतिशत मत हासिल गरेका छन्।
सोमबार भएको मतदानको नतिजामा उनले जित्नेछन् भन्नेमा कुनै सन्देह थिएन। कागामेले तीन दशकसम्म वास्तविक नेता र राष्ट्रपतिका रूपमा रुवान्डामा शासन गरेका छन्।
तर पछिल्लो निर्वाचनमा ६६ वर्षीय कागामे सात वर्षअघिको निर्वाचनको भन्दा पनि बढी अन्तरले निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनमा उनले ९८ दशमलव ७९ प्रतिशत मत प्राप्त गरेका थिए।
राष्ट्रिय निर्वाचन आयोगका अनुसार डेमोक्रेटिक ग्रिन पार्टीका नेता फ्र्याङ्क अबिनेजाले सोमबार भएको मतदानमा शून्य दशमलव पाँच प्रतिशतमात्र मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानालाई शून्य दशमलव ३२ प्रतिशत मत हासिल भएको छ।
धेरै विपक्षीहरूलाई प्रतिबन्ध लगाइएपछि यस वर्ष उम्मेदवार हुन स्वीकृत यी दुई जनाले सन् २०१७ को निर्वाचनमा पनि कागामेलाई चुनौती दिएका थिए।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?