लिमीको टाक्चीमा सहकारीद्धारा पर्यटकका लागि होटेल सञ्चालन     

लिमीको टाक्चीमा सहकारीद्धारा पर्यटकका लागि होटेल सञ्चालन     
+
-

सिमकोट- नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा (ऐते ) सहकारी संस्थाद्वारा होटेल सञ्चालनमा आएको छ।

होटेल नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने धार्मिक पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो।  लिमी होटेलका सञ्चालक संस्था लिमी सहकारी संस्थाका अध्यक्ष छिरिङ क्याप लामाले विशेष गरि नेपाली भूमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरूलाई लक्षित गरि होटेल सञ्चालनमा ल्याइएको बताए। 

यसअघि तुम्लिङमा सामान्य होटेल भएपनि पर्यटकहरूले सुविधा नभएको गुनासो गर्दै आएका थिए। पर्यटकहरूको आवास सुविधालाई ध्यानमा राखेर होटेल सञ्चालनमा आएको बताउँदै उनले यसबाट सक्ने सुबिधा उपलब्ध गराईने बताए।

सहकारीका सदस्य कुन्चोक तामाङले होटेलमा एक रातमा साठी जनालाई सेवा दिन सक्ने गरि ब्यवस्था गरिएको बताउँदै प्रति पर्यटक एक रात सुत्ने र तीन छाक खानाको एक हजार नौ सय रुपियाँ रिसोर्टले चार्ज लिने गरिएको बताए। यसमा बाह्य पर्यटकहरूका लागि भने केही रुपियाँ बढी लाग्ने छ।

चार हजार दुई सय मिटर उचाइमा स्थापना गरिएको होटेलमा दुई वटा बाथरुमको ब्यवस्था पनि गरिएको छ। होटेलमा दुई वटा बोलेरो जीपको पनि ब्यवस्था गरिएको कारण लाप्चासम्म मानसरोवर कैलाशको दर्शन गर्न जाने ब्यवस्था समेत गरेको छ।

होटेल सञ्चालन भएयता दैनिक पाँच देखि छ जना पर्यटकहरू मानसरोवर कैलाश दर्शन गर्न लाप्चा जान कै लागि बास बस्न आउने गरेका छन्। भरखर सुरुवाती चरण मै रहेको कारण अहिलेको आम्दानीबाट आफूहरू सन्तुष्ट रहेको उनले बताए।

होटेलमा दक्ष कुक सहित चार जना कामदार पनि राखिएको छ। सञ्चार सम्पर्कका लागि मासिक बाह्र हजार महशुल तिर्ने गरि नेपाल टेलिकमको भिस्याट टेलिफोन पनि जडान गरिएको छ । 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’