मातृशक्तिले गरे विष्णुसहस्रनाम पाठ

मातृशक्तिले गरे विष्णुसहस्रनाम पाठ
+
-

काठमाडौँ – एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ। त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेका १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एकै स्वर र लयमा पाठ गरे।

त्रिशक्ति एकादशी संस्कृति समाजले पशुपतिनाथ परिसरमा रहेको श्रीशङ्कराचार्य मठमा आयोजित कार्यव्रmममा १०८ जनाले वाचन गर्ने कार्यव्रmम रहेको भए पनि १२३ जनाले पाठ गरेको जनाइएको छ। आयोजकका अनुसार नेपालमा यसरी यतिको सङ्ख्यामा महिलाबाट वाचन भएको यो पहिलो पटक हो।
घरघरमा गुरुकुलका संस्थापक आचार्य कपिलदेव सुवेदीका अनुसार २०७६ सालमा कोरानाकालमा पाँच वर्षीया बालिका सान्भी सुमन प्रसाईले संस्कृत शिक्षा कहाँ लिन पाइन्छ ? भनी गरेको प्रश्नका आधारमा घरमा नै संस्कृत सिकाउने अभियान थालिएको हो।

त्यस अभियान अन्तर्गत महिलाले घरमा नै बसेर अनलाइनबाटै संस्कार शिक्षा, नित्यकर्म, दुर्गा शप्तसती, श्रीमद्भागवत गीतालगायतका संस्कृतका स्तोत्रको अध्ययन तथा कथावाचनसमेत गरिरहेका छन्। हालसम्म २५ वटा कक्षाबाट पाँच सयभन्दा बढी महिलाले त्यस्तो ज्ञान र वाचन सिकेका छन्। हाल समाजका काठमाडौँ, मकवानपुर र चितवनमा शाखा रहेका छन् भने ललितपुर र भक्तपुरमा शाखा गठनको तयारी भइरहेको छ। संस्कार शिक्षा नेपालबाट मात्र नभई अमेरिकाबाट पनि सञ्चालनमा रहेको आचार्य कपिलदेवले जनाए।

श्री १००८ डा. रामानन्द गिरीको परिनिर्वाणको सातौँ वार्षिक समारोहको अवसर पारेर आयोजित समारोहमा संस्कृत शिक्षाका साधकलाई अभिनन्दन पनि गरिएको थियो। श्री १००८ स्वामी रमणानन्द गिरी र घर घरमा गुरुकुल अभियानका संयोजक आचार्य कपिलदेवले प्रा. शिवगोपाल रिसाल, प्रा. भवानीप्रसाद खतिवडा, समाजसेवी रामप्रसाद सुवेदी, मधुसूदन सुवेदी, शान्ति सुवेदी र अभियानको बीजारोपण गर्ने सान्भी सुमन प्रसाईलाई अभिनन्दन गरे।

त्यस अवसरमा श्री १००८ स्वामी रमणानन्द गिरीले त्रिशक्ति एकादशी संस्कृति समाजको दर्ताको व्रmममा धर्मको उद्देश्य राख्न नदिइएकामा आपत्ति जनाऐ। उनले अष्ट मूर्तिका चर्चा गर्दै मानव शरीर आफैमा त्यस्तो मूर्ति हुने बताए।

प्रा. शिवगोपाल रिसालले आमा समान गुरु कोही नहुने भन्दै घरघरमा गुरुकुल अभियानले मातृशक्तिलाई अरु सशक्त बनाउने विश्वास गरे।
त्रिशक्ति एकादशी संस्कृति समाजकी अध्यक्ष रीता पाण्डेको सभापत्विमा भएको कार्यक्रममा प्रा भवानीप्रसाद खतिवडाले वैदिक सनातन धर्मको सम्बन्ध मानव कल्याणसँग हुने बताए भने रामप्रसाद सुवेदीले दानको महिमाबारे चर्चा गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?