काठमाडौँ- कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्था (आईक्यान)बाट सम्मानित भएकाे छ।
बैंक आईक्यान बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित हुँदै सिल्भर अवार्ड प्राप्त गरेको हो। याे अवार्ड बित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिन्छ।
आईक्यान ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुसासनका लागि उक्त अवार्ड प्रदान गरेको बैंकले जनाएकाे छ।
बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको वित्तीय विवरणमा शेयरधनी तथा सरोकारवालाहरुलाई बैंकको विवरण प्रस्तुत गरेको थियो।
काठमाण्डौंको द एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि माननिय अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फवाट दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा विपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ।

भर्खरै
लोकप्रिय






































































































































































































