ग्लोबल आइएमई बैंकका ग्राहकले इशान बाल तथा महिला अस्पतालबाट छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान बाल तथा महिला अस्पतालबाट छुट पाउने
+
-

काठमाडौँ- ग्लोबल आइएमई बैंकका ग्राहकले इशान बाल तथा महिला अस्पतालबाट उपचार सेवामा १० % छुट पाउने भएका छन्।

हालै बैंक र अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन्। 

उक्त अवसरमा अस्पतालका निर्देशक प्रा.डा.रामनन्दन पी चौधरीको विशेष उपस्थिति रहेको थियो।

यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट र क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ। 

अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरूः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरू तथा आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ। 

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका साझेदारी योजनाहरु समय समयमा ल्याउने गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’