ललितपुर महानगरको असारे विकासकाे सास्ती खेप्दै छन् नागरिकहरु

ललितपुर महानगरको असारे विकासकाे सास्ती खेप्दै छन् नागरिकहरु
+
-

काठमाडौँ- ‘जब पर्‍यो राति तब बुढी ताती’ भनेझैँ मुलुकका विकास निमार्णका कार्यहरु समय हुन्जेल नगर्ने तर समय सकिन लागेपछि बजेट सक्न वा काम देखाउनकै लागि भए पनि गर्ने प्रवृत्ति नियति जस्तै बनेको छ।   

आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि बजेट खर्च गर्नुपर्ने सरकारको पुरानो प्रवृत्ति हो। नयाँ आर्थिक वर्ष सुरु हुने बेला सरकार बजेट खर्च गर्न सुरु गर्छ। खासगरी विकासे अड्डाहरूमा बजेट सक्ने चटारो हुन्छ। 

आर्थिक वर्ष अन्त्यका महिनाहरु जेष्ठ र असारमा बढी काम हुने गर्छ। तर एक आर्थिक वर्षमा गर्न पर्ने काम एक महिनामा गर्दा कसरी गुणस्तरीय हुन्छ भनेर यसमा सरकारको ध्यान जाँदैन, उल्टै बजेट कसरी सक्ने भन्ने हुन्छ। 

यसले जनता मर्कामा पर्दै आएका छन्। हतार हतारमा भत्किएका र कच्ची सडकहरूको धमाधम पिच हुन सुरु हुन्छ। ग्रामीण क्षेत्रमा डोजर र स्काभेटरले सडक खन्न सुरु गर्छन्। अनि वर्षायामको झरीले सबै सडक बगाउँछ, ठाउँठाउँमा पहिरो जाने गर्छ। त्यति मात्रै होइन, सहरी क्षेत्रमा हतारमा सडक पिच गर्न सुरु गर्दा ढल समेत पुरिने गरेका छन्। 

ढल पुरिँदा वर्षायाममा लामो समयसम्म पानी पर्ने हुनाले ढलबाट पानी निकास नहुँदा घरहरू डुबानमा पर्ने गरेका छन्। विकटमा मात्रै नभई संघीय राजधानीका नागरिकले पनि बर्षौँदेखि सरकारको असारे विकासको सास्ती खेप्दै आएका छन्।

ललितपुर महानगरपालिका १ कुपण्डोलस्थित चुडा बिक्रम मार्ग सडक पिच गर्नको लागि आर्थिक वर्षको अन्त्य जेठमा बालुवा र गिट्टी थुपारिएको थियो। तर समय घर्किदै जादा पनि पिच हुन नसकेपछि माटो,बालुवा र गिट्टीको समिश्रण बनाएर बाटो समथर बनाइयो। पहिला बनेको ढल पनि पुरियो र आर्थिक वर्ष सकिएको हुनाले त्यहाँ ढल बनाउन सकिएन।

ललितपुर महानगरपालिका १ कुपोण्डोलस्थित चुडाबिक्रम मार्ग

सडक पिच तथा निमार्णको क्रममा गिट्टी बालुवाले गर्दा ढल पुरियो र ढलबाट जाने पानी घरमा पस्यो। एक स्थानीय भन्छन्, ‘अघिल्लो वर्ष त यहाँ ढल थियो सबै पानी यहीँ बाट जान्थ्यो, अहिले सडक पिचको नाउँमा सबै ढल पुरियो न त सडक पिच नै भयो न त ढल नै बन्यो।’

सोमबार राति भारी बर्षा हुँदा चुडा बिक्रम मार्ग अन्तर्गत रहेका करिब १०/१५ घर डुबानमा परेका छन। यो क्षेत्रमा घर मात्र नभई धेरै विभिन्न प्रयोजनका लागि सञ्चालित कार्यालयहरू पनि रहेका छन्। कार्यालयहरू डुवानमा पर्दा काम अवरुद्ध भएको छ। 

ललितपुर महानगरपालिका १ कुपोण्डोलस्थित चुडा बिक्रम मार्गमा रहेकाे एक कार्यालयमा पसेकाे पानी

यता १ नम्बर वडा कार्यालयले भने सडक पिचको कारणले नभई भारी बर्षाको कारण बस्ती डुवानमा पर्न पुगेका तर्क गरेको छ। यस्तो समस्या विगतका बर्षहरुमा पनि हुने गेरेको कार्यालयको भनाइ छ। १ नम्वर वडाका वडाअध्यक्ष निर्मल तण्डुकारले सडक पिच र निमार्णको कार्यक्रम वडाको भएपनि बजेट महानगरको रहेको उल्लेख गरे।

उनले यो ठाउँमा पहिला १२ इन्चको ढल भएको र पछि २४ इन्चको ढल बनाउँन खोज्दा बाटो फराकिलो बनाउन पर्ने भएकोले काम गर्दा ढिलो भएको बताए। उनले भने,‘ सडक पिचको कारणले त्यहाँ पानी छिरेको हैन एउटा समस्या पहिला देखि नै छ, त्यसलाई कतिसम्म समाधान गर्न सकिन्छ भनेर २४ इन्चको ढल पनि हालेका छौँ,अब त्यो भन्दा माथि नाम्छा चोकबाट आएको पानीको प्रेसरले ढल ब्लग भएको ठम्याइ अनुसारले यस पटक समिट होटल जाने उकालोको पाइपको पनि विकल्प खोजका छौँ।’ उनले थपे,‘वडाबाट पनि यसको लागि बजेट पास गरेर ल्याएका छौँ। अब सफल हुन्छौँकी?’

चुडा बिक्रम मार्ग अन्तर्गतका २ घर भने पहिलादेखिनै डुवानमा परेको हुनाले वर्षायाममा १,२ दिन पानी छिर्ने समस्या रहेको र त्यसलाइ नियन्त्रण गर्नको आफूहरु लागि परेको उनको भनाइ छ।

उनले प्राविधिक कारणले नाम्छा चोकको ढलको मंगललाई व्यवस्थित गर्न नपाउँदा पानी छिरेको हुन सक्ने पनि बताए। उनले भने,‘नाम्छा चोकको जुन मंगाल छ  त्यसलाई व्यवस्थित गर्न नपाउँदा पानी छिरेको भन्ने सबैको ठम्याइ छ। त्यसमा समस्या के छ भने त्यहाँ खानेपानीको १८ इन्चको पाइपले क्रसीङ गरेर बसेको छ। प्राविधिक समस्या भएको हुनाले त्यहाँ लेबल मिलाउन सकिएको छैन।’

नम्बर १का वडा सदस्य कृष्ण महर्जनले डुबान हुनेबारे स्थानीयले जनप्रतिनिधिलाई खबर नगरेको गुनासो गरे। उनले भने, ‘अस्ति त्यत्रो भेल आएको थियो कसैले केहि भनेनन्, बरु उल्टो हाम्रो वडा कार्यालय डुबान भयो तर त्यो ठाउँ डुबान भएको छैन।’

उनले यस बर्ष बागमतिमा बाढी आउँदा आसपासको क्षेत्र र बस्ती डुबानमा पर्छ कि भनेर बेला बेला अनुगमन गर्दै आएको बताएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’