काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन आयोगले दिएको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्नेगरी मन्त्रिपरिषद्ले गठन गरिएको बताएका छन्।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका बुधवार काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा बोल्दै यस्तो बताएका हुन्।
उनले सरकारले दुर्घटनाको छानविनको लागि आयोग गठन गर्दा विभिन्न प्रश्नहरू उठेको र चौतर्फी रुपमा उठेका प्रश्नलाई समेत आधार मानेर मन्त्रिपरिषद्ले छानविन आयोग बनाएको उल्लेख गरे।
उनले सरकारले जहाज दुर्घटनाको सत्य तथ्यसहित आएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने संकल्प सहित गठन भएको जानकारी गराए।
सरकारले अध्ययन समितिहरू बनाउने र समितिहरूले प्रतिवेदनहरू बुझाउने तर प्रतिवेदनहरू कार्यान्वयनको दिशामा सरकारको दतारुकता नदिएको स्वीकार उनले गरे। उनले अब विगतका दुर्घटनाका प्रतिवेदनहरू कार्यान्वयन नआएको आधार मानेर सबै प्रश्नहरूको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुग्ने र घटनाका बारेका छिनोफानो गर्ने तयारमा सरकार रहेको उल्लेख गरे।
उनले भने,’ प्रतिवेदनहरू पनि आउँछन्। प्रतिवेदनहरू कार्यान्वयनको दिशामा सरकारको दतारुपता देखिँदैन। जसका कारणले यस्ता घटनाहरू बेहोर्नुपर्छ भन्ने प्रश्न पनि आएका छन्। यी प्रश्नहरूको आधारमा सरकारले यस पटकको अध्ययनलाई सत्य र तथ्यको नजिक पुगौँ। घटनाका बारेका छिनोफानो गरौं। अध्ययनबाट निस्केको प्रतिवेदन आउँछ। त्यसलाई शतप्रतिशत कार्यान्वयन गर्ने दिशामा प्रभावकारी कार्यान्वयन बाटो तय गरौँ भन्ने कुरा मन्त्रिपरिषद्मा संकल्प व्यक्त गरेका छौँ। त्यही आधारमा निर्णय भएको छ। समितिमा पनि त्यो प्रतिवद्धता दोहोर्याउन चाहन्छु। बुधवारको घटना हुँदै मानवीय क्षेति भएपनि अन्य थप क्षेति हुन पाएको छैन।’
मन्त्री पाण्डेले कोरियाका नेपाली जहाज उडानको लागि नेपालका सम्बन्धित निकायहरूले तदारुकता नदेखाएको पनि बताएका हुन्।
उनले कोरियामा नेपाली जहाज उडानको लागि नेपालबाट पहलकदमी नभएको भन्दै कोरियाले नेपालको हवाई सुरक्षा अडिट गर्ने विषयमा दुबिधामा रहेको बताए।

भर्खरै
लोकप्रिय






































































































































































































