‘हेक्पा खोलामा पक्की पुलको पिलर जोखिममा छैन’

‘हेक्पा खोलामा पक्की पुलको पिलर जोखिममा छैन’
+
-

सिमकोट –सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोलामा निर्माणाधिन पक्की पुलको पिलर जोखिममा नरहेको निर्माण कम्पनीले दावी गरेको छ।

बर्खा लागेसंगै हेक्पा खोलामा पानीको बहाब बढ्दा पुलका लागि निर्माणधिन पश्चीमतर्फको पिलर जोखिममा रहेको देखिए पनि यसको निर्माणको डिजाईन हेर्दा कुनै जोखिम नदेखिएको निर्माण कम्पनीको तर्क रहेको हो।

पुल निर्माणको जिम्मा लिएको सपना धुलिखेल जेभीका प्रतिनिधि प्रेमबहादुर शाहीले हाल खोलामा पानीको वहाव बढेर पिलरलाई जोखिम देखिएको जस्तो देखिए पनि डिजाईन अनुसार पिलरको निर्माण कार्य भएको हुँदा कुनै जोखिम नरहेको बताए।

असार २० गतेबाट सुरु भएको बर्षाले हेक्पा खोलामा निर्माणधिन पक्की पुलको पश्चिमतर्फ पिलर जोखिममा पर्न सक्ने देखिए कै समयमा कम्पनीले त्यस्तो सम्भावना नरहेको जनाएको छ। बढी जोखिम भएको पिलरको जमिनमुनी गाडेको भाग न्दा केही माथिसम्म पानीले माटो बगाई सकेको देखिए पनि उनले हाल पिलरको पानी बगेको भागभन्दा साढे चार मिटर तल जमिनमा पिरल गाडिएको कारण यसमा कुनै जोखिम नरहेको बताए।

पुलको पिलर तयार भएको कारण ढलान गर्ने कार्य भने प्रभावित भएको छ। ढलाई कार्यलाई सहज बनाउनका लागि दुई वटा पिलरको बिचको खोलामा लगाईएका ग्याबिन वाललाई भने बढेको पानीले बगाएको थियो।

उक्त पक्की पुल अब आगामी पुस महिनासम्म निर्माण कार्य सम्पन्न गर्ने गरि म्याद थप गरिएको छ। सो अबधिमा निर्माण कार्य पुरा गर्ने निर्माण कम्पनीले जनाएको छ। उक्त पक्की पुल बिगत सात वर्षदेखि निर्माणाधिन रहेको छ।

पुलको निर्माण कार्य सुस्तगतिमा भएको भन्दै यसको निक्कै आलोचना हुने गरेको छ। सो पुलको निर्माण कार्य ढिलो भएपछि सिमकोट हिल्सा सडक सुचारु गर्न उक्त खोलामा दुई पटक गरि ५५ लाख लागतमा काठेपुल निर्माण कार्य भई सकेको छ भने हाल पनि बीस लाख लागतमा नयाँ काठेपुलको निर्माण गर्ने निर्णय जिल्ला बिपद ब्यवस्थापन समितिले गरेको थियो। यद्यपि हाल बनी रहेको काठेपुलको लागत भने एकिन भएको छैन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?