काठमाडौँ – मदिरा उत्पादन कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड आइक्यानको राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ।
इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान)को १० औँ वार्षिक परिषदको एक समारोहमार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो।
सम्मानित भएसँगै हिमालयन डिस्टिलरी आगामी दिनमा कर्पाेरेट सुशासन र वित्तिय अखण्डताको उच्चतम मापदण्ड कायम गर्न प्रतिबद्ध रहेको जानकारी कम्पनीले जनाएकाे छ।
हिमालयन डिस्टिलरीकाे स्थापना सन् १९८५ मा भएकाे हाे। डिस्टिलरीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओक जस्ता लोकप्रिय मदिरा उत्पादन गर्दै आएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































