अब नेपाल टेलिकमका ‘फाइबर टु द होम’ प्याकेजहरू १९८ बाटै परिवर्तन गर्न सकिने

अब नेपाल टेलिकमका ‘फाइबर टु द होम’ प्याकेजहरू १९८ बाटै परिवर्तन गर्न सकिने
+
-

काठमाडाैँ – अब नेपाल टेलिकमका फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेजहरू ग्राहक सेवा नम्बर १९८ बाट परिवर्तन गर्न सकिने भएकाे छ।

नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम (FTTH) जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका FTTH सेवाका प्याकेजहरू परिवर्तन समेत गर्न सक्ने सुविधा टेलिकमले ल्याएको हाे।

टेलिकमका अनुसार यसैगरी सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (NtTV) का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका आधारभूत तथा प्रिमियम प्याकेज खरिद गर्न पनि सकिने छ। 

ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरू सब्सक्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन्। 

यस सेवा सञ्चालनसँगै FTTH सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भएकाे टेलिकमले जनाएकाे छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’