मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछः अध्यक्ष ढकाल

मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछः अध्यक्ष ढकाल
+
-

काठमाढाैँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राखेका छन्।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात् प्रारम्भिक प्रतिक्रिया दिँदै १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताएका हुन्।

उनले  निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गरे।

बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको उनले उल्लेख गरे। उनले भने, ‘बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म भनेको थियो। त्यसले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरुको लागि सहजिकरण गरेको देखियो। विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको छ । यसरी हेर्दा  मौद्रिक नीतिले बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिन्छ।’ 

अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताए।  शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको उनकाे भनाइ थियाे।

उनले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको उनले बताए।

उनले भने,’ मौद्रिक नीतिले सकारात्मक देखिएको छ। शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेज गरेको छ। त्यसले पनि मौद्रिक नीति सकारात्मक छ । निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर बनाएको थियो । त्यसलाई मौद्रिक नीतिले सम्बोधन गरेको छ। मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई सम्बोधन गर्न खोजेको छ।’ 

उनले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राखे।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’