सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँः माओवादी केन्द्र

सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँः माओवादी केन्द्र
+
-

काठमाडाैँ- नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने बताएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्याल पेरिस डाँडामा बसेको पदाधिकारी बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सदनमा भएका आफ्ना ३२ जना सदस्यलाई गुणात्मक रुपमा प्रभावकारी बनाउने पनि बताएका हुन्।

सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा आफू नेतृत्वको सरकार सफल भएको बताउनुभएको जानकारी दिए।

दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको बताउनुभएको प्रवक्ता सापकोटाले जनाए।  बैठकमा वरिष्ठ उपाध्यक्ष नारयाण्काजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे, वर्षमान पुनले आफ्ना धारणा राखेका थिए। 

उनले भने,’ अध्यक्षज्यूले दिशा निर्देश गर्नुभयो। हामीले सरकारमा रहेर जे जति कुरा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौँ। त्यो लिँदालिँदै समीकरण परिवर्तन भयो। यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ। जनतामा जाने र कतै न कतै जनतासँगको कडी टुटेको थियाेँ, वर्गसँगको सम्बन्ध कमजोर भएको थियो। त्यसलाई सदृढ गर्ने अवसर आएको कुरा राख्नुभयो।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’