सेवा अवधि नपुगेका कर्मचारीको सरुवा नगर्न सरकारको ध्यानाकर्षण

सेवा अवधि नपुगेका कर्मचारीको सरुवा नगर्न सरकारको ध्यानाकर्षण
+
-

काठमाडौँ- नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले प्रचलित ऐन कानुनविपरीत सेवा अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै सङ्गठनले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई राजनीतिक दबाबका आधारमा ऐन, कानुन र मापदण्डविपरीत सरुवा थमौती नगर्न आग्रह गरेको हो।

राजनीतिक पहुँच नभएका कर्मचारीलाई ऐन, कानुनविपरीत पूर्वाग्रह राखी अन्यायपूर्ण ढङ्गले गरिएका सरुवासम्बन्धी काम कारबाही यथाशीघ्र सच्च्याउन सरकारको ध्यानाकर्षण गराइएको सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिए।

सङ्घीय निजामती सेवा ऐन जारी हुन नसकिरहेको सङ्क्रमणकालीन अवस्थामा स्थानीय तहमा रहेर सेवा प्रवाह गरिरहेका कर्मचारी दोहोरो सहमति साथ प्राप्त निवेदन यथास्थितिमा रहेकाले यथाशीघ्र सरुवासम्बन्धी मापदण्ड बनाई मागबमोजिम सरुवा व्यवस्थापन गर्न सङ्गठनले माग गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’