कीर्तिपुर नगरपालिकाका प्रमुखको निधनमा कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

+
-

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका प्रमुख, कांग्रेस जिल्ला कार्य समिति काठमाडौँका उपसभापति एवं पूर्व क्षेत्रीय सभापति राजकुमार नकर्मीको निधनमा दुःख व्यक्त गरेका छन्।

सभापति देउवा आज कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर नकर्मीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, जिल्लाका अन्य नेता एवं कार्यकर्ताहरू तथा स्वर्गीय नकर्मीका आफन्तजन अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भएका थिए। उनको पार्थिव शरीरलाई आजै कीर्तिपुरको दिखु खोलामा दाहसंस्कार गरिएको छ।

साउन १० गते नगरप्रमुख नकर्मीको निधन भएको हो। विसं २०२० असार २० गते बिहीबारका दिन जन्मनु भएका नकर्मीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थए। उनको निधनबाट कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको आज जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।

सभापति देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको सक्रिय योगदानको स्मरण गरे। उनले स्वानकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?