कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयलई तीन हजार डलरको छात्रवृत्ति दिने

कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयलई तीन हजार डलरको छात्रवृत्ति दिने
+
-

विराटनगर- कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ।

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक प्रा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा सङ्कायका डीन प्रा डा अनिल पोखरेलबीच शुक्रबार विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो।

कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिँदै आएकामा १० गुणा बढाएर तीन हजार डलर पुर्‍ याएको हो। कोरियन विश्वविद्यालयले छात्रवृत्ति रकम १० गुणा बढाएकामा डीन पोखरेलले कोरियाली विश्वविद्यालय र प्रा जङलाई धन्यवाद ज्ञापन गरे।

प्राध्यापक जङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकसँग अन्तरक्रियासमेत गरेका छन्।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलियाको निमन्त्रणा स्वीकार गर्दै प्राध्यापक जङले पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पस र केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गरेका छन्।

विशेष आवश्यकता शिक्षाको स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा हुँदै आएको छ। विद्यार्थी र प्राध्यापक आदान प्रदान कार्यक्रमअन्तर्गत विशेष आवश्यकता शिक्षामा अध्ययनरत तीन विद्यार्थी र एक प्राध्यापक केही सातापछि कोरिया जाँदैछन्।

विद्यार्थी तथा प्राध्यापक आदानप्रदान कार्यक्रममा कोरिया जाने प्रक्रिया सुरू भइसकेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’