
काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताएका छन्।
शनिवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्वपूर्ण सम्पती भएको बताएका हुन्।
नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने उनकाे भनाइ थियाे।
उनले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताए। युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिहरुले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताए।
उनले भने,’हाम्रो भूमिमा मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो भूमिमा वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु यि साधारण कुरा होइन, हाम्रो धर्तीमा मात्रै छ। यस धर्तीमा मात्रै छ । यस ठाउँमा मात्रै छ। त्यो प्रतिभा हो। यसरी साहित्यको विकास हुँदै आयो। त्यसैले यो साहित्यको अत्यन्त उर्वर थलो हो । यसमा सिद्धिचरण श्रेष्ठ जस्ता युगान्तकारी कविहरूदेखि लिएर अरु निबन्धकार, उपन्यासकार, महाकाव्यकारहरू थुप्रै, हास्यव्यंग्यकारहरू त्यस्ता साहित्यकारहरू नेपाली भूमिमा रहे। अहिले त्यो साहित्य, आज त्यो साहित्य अलिक अघि बढ्न खोजेको छ तर कुन बाटो लिने र कसरी माथि उठ्ने भन्ने बहस चलिरहेको छ।’