रियलमीकाे नार्जो एन ६५ फाइभ जी र सी ६३ नेपालमा सार्वजनिक: के छन् विशेषता?

रियलमीकाे नार्जो एन ६५ फाइभ जी र सी ६३ नेपालमा सार्वजनिक: के छन् विशेषता?
+
-

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो एन ६५ फाइभ जी र रियलमी सी ६३ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ।

रियलमी सी ६५ फाइभ जी मा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जी जस्ता मुख्य फिचरहरु रहेका छन् भने रियलमी सी ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामारा र ४५ वाटको सुपरभोक चार्जर समावेश रहेका छन्।

लन्चबारे बोल्दै रियलमीको लागि भारत र नेपालको हेड अफ स्ट्राटेजी, मुनिस गिरीले नेपाली बजारमा नार्जो एन ६५ फाइभ जी र रियलमी सि ६३ ल्याउन पाउँदा निकै उत्साहित भएको बताए।

प्रिमिएम स्टान्डर्डको रियलमी नार्जो एन ६५ फाइभ जीमा के-के छन् विशेषता


डिस्प्ले

६.६ इन्चको डिस्प्ले रहेको रियलमी नार्जो एन ६५ फाइभ जी को १९० ग्रामको हल्का तौलले यो स्मार्टफोन प्रयोग गर्न निकै सहज बनाउने कम्पनीको दाबी छ। नार्जो एन ६५ फाइभ जी एम्बर गोल्ड र डिप ग्रिन २ कलरमा उपलब्ध रहेको छ।

कम्पनीका अनुसार नार्जो एन ६५ फाइभ जी स्टाइलको मामला निकै अगाडि छ। लो ब्लु लाइटमा टियुभि राइल्यान्डबाट सर्टिफाइड यो स्मार्टफोन उज्यालो कम रहेको ठाउँमा पनि मजाले प्रयोग गर्न सकिन्छ। साथमा हाइ बिम मोड ५०० र ६२५ निट रहेको यस स्मार्टफोन उज्यालो घाममा पनि आरामले प्रयोग गर्न सकिन्छ।

पर्फर्मेन्स

नार्जो एन ६५ फाइभ जी मा मिडियाटेक डाइमेन्सिटी ६३०० फाइभ जी को दमदार प्रोसेसर समावेश रहेको छ। अक्टाकोर सिपियु रहेको यस स्मार्टफोनमा एकैपटक धेरै एपहरुको प्रयोग गर्न सकिन्छ। फाइभ जी कनेक्टिभिटीको साथमा प्रयोगकर्ताले फास्ट डाउनलोड स्पिड र गेमिङ अनुभव प्राप्त गर्न सक्नेछन्।

क्यामरा प्रणाली

५० मेगापिक्सेलको एआई क्यामरा रहेको नार्जो एन ६५ फाइभ जी ले आकर्षक फोटो र भिडियोहरु निकाल्ने कम्पनीको भनाइ रहेका छ। यस स्मार्टफोनको क्यामारामा नाइट मोड, स्ट्रिट मोड, प्रो मोड, पोट्रेट मोड र टाइम ल्याप्स जस्ता फिचरहरु पनि उपलब्ध रहेका छन्। साथै यसमा८ मेगापिक्सेलको फ्रन्ट क्यामारा रहको छ।

चार्जीङ र ब्याट्री

रियलमी नार्जो एन ६५ मा ५००० एमएएचको शक्तिशाली ब्याट्री उपलब्ध छ। यसमा १५ वाटको सुपरफास्ट चार्जले डिभाइस छोटो समयमा फुल चार्ज हुन्छ।

स्टोरेज र र्‍याम

रियलमी एन ६५ फाइभ जी मा ६ जीबीको र्‍याम र १२८ जीबीको स्टोरेज उपलब्ध रहेको छ भने यसको स्टोरेज एसडि कार्ड थपेर २ टिबीसम्म पुर्‍याउन सकिन्छ।

एडभान्स्ड कनेक्टिभिटी र नेभिगेसन

नार्जो एन ६५ फाइभ जी मा दुईवटा सिम र एउटा एसडि कार्ड राख्न सकिन्छ। साथै यसमा ब्लुटुथ ५.३, डुअल ब्यान्ड वाइफाइ र जीपिएस, ग्यालिलियो, बाइडु जस्ता न्याभिगेसन सिस्टमहरु पनि उपलब्ध हुन्छ।

मुल्य र उपलब्धता

६+१२८ जीबी स्टोरेज रहेको रियलमी नार्जो एन ६५ फाइभ जी नेपालभर २१ हजार ९९९ मा उपलब्ध छ।

रियलमी सी ६३मा के-के छन् विशेषता

मेमोरी र स्टोरेज

८+८ जीबीको डायनामिक र्‍याम र १२८ जीबीसम्मको स्टोरेज अप्सन रहेको रियलमी सी ६३ मा थप १६ जीबी भर्चुअल मेमोरी थप गर्न सकिने कम्पनीले जनाएको छ।

डिस्प्ले

रियलमी सी ६३ मा ६.७४५ इन्चको डिस्प्ले रहेको छ भने यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएको छ।

चार्जीङ र ब्याट्री

रियलमी सी ६३ मा ४५ वाटको सुपरभोक चार्जर समावेश रहेकोले छिट्टै फुल चार्ज हने कम्पनीको भनाइ छ। यसका ५००० एमएएचको ब्याट्री रहेको छ।

क्यामेरा सिस्टम

रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा उपलब्ध रहेको छ। साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा-वाइड-एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ। यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्स जस्ता फिचरहरु पनि समावेश रहेको छ। साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ ।

कनेक्टिभिटी र नेभिगेसन

रियलमी सी ६३ ले डुअल सिम मोड समर्थन गर्दछ। साथै यसमा रहेको ५ गिगाहर्जको वाइफाइ, ब्लुटुथ ५.० सहित जीपिएस, ग्लोनास, बिडिएस र ग्यालिलेओ लगायतका नबीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् ।

डिजाइन र अडियो

१६७.२६ मिलिमिटरको लम्बाइ, ७६.६७ मिलिमिटर चौडाइ रहेको रियलमी सी ६३ जेड ग्रीन र लेदर ब्लू गरी दुई कलरमा उपलब्ध रहेको छ। यसको तौल १९१ ग्राम रहेको छ।

मुल्य र उपलब्धता

४+१२८ जीबी स्टोरेज रहेको रियलमी सी ६३ १५ हजार ९९९ मा नेपालभर उपलब्ध रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?