स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यकः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यकः स्वास्थ्यमन्त्री पौडेल
+
-

काठमाडाैँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन्।

शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीर अस्पताल भित्रका सबै इकाइहरूको समन्वय हुन आवश्यक रहेको पनि बताएका हुन्।

अस्पतालकाे व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने उनले बताए।

उनले भने,’ हामी यहाँ प्रशासनिक, चिकित्सक र प्राविधिकहरू १८ सय जनशक्ति भएको जानकारी प्राप्त गरेको छु। त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको संख्या सानो होइन। त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिनसक्छौँ। त्यसैले वीर अस्पताल भित्रका सबै इकाइहरूको समन्वय हुन जरुरी छ।’ 

उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरू परादर्शी बनाउन आवश्यक रहेको बताए।  उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताए। उनले सेवाग्राहीहरूलाई सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिए।

उनले भने,’व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ । कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ। खरिद प्रक्रिया पारदर्शी छैन, त्यसलाई छैन भने पारदर्शी बनाऔँ। वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गरौँ।’ 

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरूमा धेरै केन्द्रित गरिरहेको बताए।

उनले वीर अस्पताल अति नै विशिष्टीकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताए। 

उनले इमर्जेन्सी सेवालाई सय शैयामा बिस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताए।

उनले भने,’विशिष्ट र अतिविशिष्ट सेवाहरूमा धेरै केन्द्रित गरेका छौँ। यो वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनोस्। जसमा बिरामीले आउँदा सहज र गुणस्तरीय सेवा पाउन सकुन्। हामीले वीर अस्पतालको स्तरोन्नतिका लागि केही कामहरू गरेका थियौँ। अहिले पनि विभिन्न चरणमा अघि बढेका छौँ। खासगरी हाम्रा केही समस्या छन्। जसलाई केही समयमै हल गर्न काम गरिरहेका छौँ। हाम्रोमा इमर्जेन्सीमा आउने बिरामीहरूलाई समस्या छ, हामी त्यो सेवालाई सय बेडको स्तरोन्नति गर्न यस वर्ष बजेट राखेका छौँ । जुन काम हामी डिजाइन भइसकेको छ। हामी टेण्डरको प्रक्रियामा छौँ। चाँडै अघि बढाउँछौँ। आइसियुको एक सय बेडमा लैजाने गरी हामीसँग क्षमता छ, त्यसलाई चाँडै पूरा गर्छौं। हामीले योग्यता/क्षमताको आधारमा सय जना नर्स राखेका छौँ।’

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’