सौर्य एयरलाइन्सको विमान दुर्घटना छानविन आयोगप्रति राप्रपा अध्यक्ष लिङदेनको असन्तुष्टि

सौर्य एयरलाइन्सको विमान दुर्घटना छानविन आयोगप्रति राप्रपा अध्यक्ष लिङदेनको असन्तुष्टि
+
-

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानविन आयोगले निष्पक्ष रुपमा छानविन गर्नेमा आशंका व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले सो विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानविन आयोगको प्रमुख बनाइएको आरोप लगाउँदै सो आयोगबाट निष्पक्ष छानविन हुन्छ भनेर भन्न सकिने आधार नभएको बताएका हुन्।

सरकारले सो विमान दुर्घटनाबारे छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो। तर पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानविन गर्छ भनेर विश्वास गर्न नसकिने अध्यक्ष लिङदेनको जिकिर थियो। 

उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानविनको जिम्मेवारी दिनेको गरेको भन्दै आपत्ति पनि जनाए।

लिङदेनले भने,’सो विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन ? भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन्। उनका भिनाजुलाई अहिले यो छानविन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आईराखेको छ। भनेपछि कुन प्रकारको छानविन हुन्छ होला? र एउटै मान्छेलाई यस प्रकारको छानविनको जिम्मेवारी पटक पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ। र म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?