सिर्सिया नदीमा फोहोर फाल्ने उद्योगको गेटमा वीरगञ्ज महानगरले थुपार्‍यो फोहोर

सिर्सिया नदीमा फोहोर फाल्ने उद्योगको गेटमा वीरगञ्ज महानगरले थुपार्‍यो फोहोर
+
-

वीरगञ्ज – प्रदूषणको शिकार भएको वीरगञ्जस्थित सिर्सिया नदीमा फोहोर फाल्दै आएका उद्योगहरुको गेटमा वीरगञ्ज महानगरले फोहोर थुपारेको छ।

आइतबार बिहान महानगरका विभिन्न स्थानबाट संकलन गरिएको फोहोर ट्र्याक्टरमा लागेर महानगरले सिर्सिया नदीमा फोहोर गर्ने उद्योगको गेटमा थुपारेको हो।

बारम्बार मौखिक तथा लिखित रुपमा फोहोर नदीमा नमिसाउन आग्रह गरे पनि अटेर गरेको भन्दै महानगरले उद्योगअगाडि लगेर फोहोर फालेको हो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको अरनिका प्रोसेसिङ उद्योग प्रालि, श्री सिद्धि टेक्सटाइल्स प्रालि र मरियम लेदर इण्डस्ट्रिजको गेटमा नौ ट्र्याक्टर फोहोर थुपारिएको हो। ती उद्योगहरुले वर्षौदेखि फोहोर पानी सिधै र्सिसिया नदीमा मिसाउँदै आएका छन्। वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरेर उद्योगबाट निस्केको फोहोर प्रशोधन गरेर मात्रै नदीमा मिसाउन महानगरले अनुरोध गर्दै आइरहेको छ।

महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा चेतावनीस्वरुप उद्योगको गेटमा फोहोर थुपारिएको महानगरको सरसफाइ शाखाले जानकारी दिएको छ।

यसअघि गतवर्ष महानगरले उपमेयर इम्तियाज आलमको संयोजकत्वमा सिर्सिया नदी सफाइ अभियान चलाएको थियो। अभियानअन्तर्गत नदीमा फोहोर फाल्दै आएका उद्योगको अनुगमन गरी वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न तथा जडान भएका उद्योगमा प्लान्ट सञ्चालन गरी फोहोर बिसर्जन गर्न महानगरले आग्रह गरेको थियो।

त्यसको केही दिनसम्म केही उद्योगहरुले वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन गरी फोहोर प्रशोधन गरेका थिए भने केही उद्योगले नदीमा फोहोर फाल्न बन्द गरेका थिए। अभियान सेलाएसँगै महानगरमा रहेका एक दर्जनभन्दा बढी उद्योगहरुले फेरि फोहोर सिधै नदीमा फाल्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?