
काठमाडौँ – सामाजिक सञ्जाल इन्स्टाग्रामबाट कुरा गरी क्यानडा लैजान्छु भन्दै ८४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले झापको बिर्तामोड घर भइ हाल ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई शुक्रबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आर्चायका अनुसार भण्डारीले इन्स्टाग्रामको प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई क्यानडा लैजाने भन्दै ८४ लाख १५ हजार ६२५ रुपैयाँ ठगी गरेका गरेका थिए।
भण्डारीलाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीको भनाइ छ।