प्रेस काउन्सिल अध्यक्ष बस्नेत भन्छन्, ‘मिडिया भन्ने, पत्रकारिता के हो थाहा नपाउने?

प्रेस काउन्सिल अध्यक्ष बस्नेत भन्छन्, ‘मिडिया भन्ने, पत्रकारिता के हो थाहा नपाउने?
+
-

काठमाडौँ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको भन्दै अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका छन्।
मिडिया भन्ने तर पत्रकारिता के हो थाहा नपाउने प्रवृत्ति देखिएको उनको भनाइ छ।

अनलाइनमार्फत नयाँ सुरु भएका सञ्चार माध्यमलाई सोमबार काउन्सिलले राखेको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘व्यक्तिगत रुपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुन्छ। नागरिक दायित्व हुन्छ। मिडियाको रुपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिता पालना गर्नैपर्छ।’

नयाँ खुलेका अनलाइनसहित सञ्चार माध्यमका प्रकाशक, सम्पादकलाई सम्बोधन गर्दै उनले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए।

‘देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ। हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप गाली वर्षाएर, कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हो। यसले विकृति र वितृष्णा मात्र बढाएको छ’, अध्यक्ष बस्नेतले भने, ‘देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ। समस्या देखाउने मात्र नभै समाधानका विकल्पसहित प्रश्न उठाउनुपर्छ।’

उनले प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको जानकारी दिए। उनले रचनात्मक पत्रकारिता सदैव देश र जनताको पक्षमा हुने उनले बताए। काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा लिँदै आएको छ।

सोमबार स्रवत व्यक्तिका रुपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न सञ्चार निर्देशिका कसरी पालना गर्ने विषयमा सहजीकरण गरेकी थिइन्।

अभिमुखीकरणमा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले स्वच्छ र मर्यादित पत्रकारिताका लागि काउन्सिलले गर्दै आएका क्रियाकलापबारे जानकारी दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?