गृहमन्त्री लेखकलाई रवि लामिछानेको सुझावः मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, बच्नुस्

गृहमन्त्री लेखकलाई रवि लामिछानेको सुझावः मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, बच्नुस्
+
-

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन्।

बुधवार गृहमन्त्री रमेश लेखक समेत उपस्थिति रहेकाे संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निवर्तमान गृहमन्त्री समेत रहेका उनले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने आफ्नो अनुभुति अभिव्यक्त गरेका हुन्।

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिए।

उनले भने,’ मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ, मन्त्रीज्यू बच्नुहोला। हुनत तपाईँलाई माया गर्नेहरु अलि बढी छन्। मैले त खरो भएर होला सकिन, तपाई सक्नुहोला। मिडिया ट्रायललाई यो संगठनलाई जोगाउनुस् , संगठनको एउटा मान्छे आईजी हुने हो। अब प्रतिस्पर्धी अरुले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोसिस हुन्छ कि विजोग डट कम, कन्तविजोग डटकम, हरिबिजोग डटकमका न्युजहरु ह्वाटसेपमा पठाएको छ। छातिभरि फुलिनै फुली छ। मिडियाले थुरुरु कमाइदिएको छ। यो प्रहरी संगठनका लागि ठूलो समस्या बनेको छ। अहिले पनि मिडिया ट्रायल भएको छ। पहिला यो गर भनिदिन्छ, माहौल बनाउने काम गर्छ। भएन भने विज्ञको इन्टरभ्यु पनि राखिदिन्छ। पहिला यस्तो देखिन आयो भनिदिन्छ। त्यसपछि यस्तो भयो भने खराब हुन्छ भनिदिन्छ। त्यसपछि विज्ञको ओपिनियन हालिदिन्छ। तेस्रो दिन सम्पादकीय हाल्छ । त्यसरी तपाईँलाई ट्रायल क्रियट गरिदिन्छ । र त्यसले प्रहरी प्रशासनको मनोबल गिराउने काम भएको छ। प्रहरी सक्षम छ, क्षमतावान छ।

उनले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाई बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरु गर्न सकिने अवस्था रहेको बताए।

सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा शुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गरे। उनले भने,’

अब तपाईहरुसँग तागत पनि छ, शाहस पनि छ। प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानविन गर्न सक्छ । सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्छ। त्यसकारण अन्तिममा म के भनेर यसलाई टुंग्याउन चाहन्छु भने राजनीतिमा लामो अनुभव गर्नुभएको गृहमन्त्री हुनुहुन्छ। मैले केही कोशिसहरु अवश्य पनि गरेको हुँ। धेरै गर्ने ठाउँ विभिन्न कारणले थिएन। तर एउटा इमान्दार प्रयास अवश्य पनि गरेको हुँ। मलाई विश्वास छ–ती राम्रा कामहरुको निरन्तरता यहाँहरुले दिनुहुनेछ। ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?