नेपाल प्रहरी ऐनलाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेश गर्छौंः गृहमन्त्री लेखक

नेपाल प्रहरी ऐनलाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेश गर्छौंः गृहमन्त्री लेखक
+
-

काठमाडाैँ- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेश गर्ने बताएका छन्।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको संगठनलाई सुदृढ,गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानून निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारे। 

उनले सरकाले सशष्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेश गर्ने भएकाले त्यसलाई गम्भिर र अर्थपूर्ण रुपमा छलफल गरेर निष्कर्षमा पुर्‍याउने काममा लाग्न पनि संसदीय समितिहरुलाई आग्रह गरे।

उनले भने,‘ नेपाल प्रहरी ऐन २०१२ सालदेखि अहिलेसम्म त्यही कानूनले काम चलाईराखेका छौं हालै धेरै संशोधनहरु भएका छन। परिमार्जनहरु भएका छन्। त्यही अवस्था हो भन्ने होइन। तथापि आजको दिनमा एउटा नयाँ प्रहरी कानून चाहिन्छ, जसले प्रहरीको संगठनलाई सुदृढ गर्छ। र प्रहरीको संगठनले मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्छ भन्ने कुरा भएको हुनाले नेपाल प्रहरी ऐन २०१२ नयाँ विधेयकको रुपमा प्रस्तुत गर्ने हाम्रो तयारी छ। त्यसरी नै सशष्त्र प्रहरी बल, नेपालको कानून पनि धेरै पुरानो नभएपनि हामीले २०५८ सालमा प्रारम्भ गरेको हो। र, अहिले आएर यसमा पनि समसामयिक रुपमा यो बललाई सुदृढ गर्नका लागि, यसलाई समसामयिक बनाउनका लागि, यसर्लाइ बोर्डरमा नै परिचालन गर्ने कुरा महत्वपूर्ण छ। यो सबै कुराका लागि कानून चाहियो। त्यसो भएको हुनाले सो कानूनमा संशोधन गर्नु छ। नयाँ ल्याउनु पर्छ।’

मुलुकको शान्ति सुरक्षा र अमनचैन कायम हुनेगरी सरकारले कानून निर्माणको कामलाई प्राथमिकता दिएको गृहमन्त्री लेखकको भनाई थियो। 

गृहमन्त्री लेखकले कर्मचारी सरुवा हुने कुरालाई सामान्य रुपमा लिन पनि सांसदहरुलाई आग्रह गरे।  सरुवालाई सरुवाको रुपमा बुझ्दा सही हुने र त्यसले देश र जनताको पक्षमा काम गर्न सरकारलाई पनि सहयोग पुग्ने उनले बताए। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?