काभा भलिबलः भारतमाथि नेपालको ऐतिहासिक जित

काभा भलिबलः भारतमाथि नेपालको ऐतिहासिक जित
+
-

काठमाडौँ – महिला भलिबल इतिहासमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको छ।

शनिबार भएको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ ले पराजित गरेको हो। रोमाञ्चक बनेको पाँच सेटको खेलमा नेपालले अन्तिम सेटमा जित हासिल गरेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भरिभराउ दर्शकमाझ नेपालले पहिलो सेट सहज रुपमा २५–१८ ले खेल आफ्नो पक्षमा पार्‍यो। तर, दोस्रो सेटमा कमजोर देखिएको नेपाल १२–२५ ले खेल गुमाउन पुग्यो। तेस्रो सेटमा पुनरागमन गरेको नेपालले २५–१७ ले खेल आफ्नो पक्षमा पार्‍यो।

पुनः चौंथो सेटमा खेलमा फर्किएको भारतले १८–२५ ले खेल जित्दै २–२ को बराबरी भएको थियो। निर्णायक मानिएको पाँचौं तथा अन्तिम सेटमा नेपाल १५–१३ ले खेल आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो। यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक बनाएको छ। तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ।

दक्षिण एसियाली क्षेत्रमा महिला भलिबलमा भारत सर्वाधिक बलियो टोलीका रुपमा रहँदै आएको छ। नेपालले ५ वर्षअघि स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भारतलाई कडा टक्कर दिए पनि पाँच सेटको खेलमा अन्तिम सेटमा खेल गुमाउँदै स्वर्णको अवसर गुमाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?