मौसमले साथ नदिँदा तीन दिनदेखि राराका उडान प्रभावित

मौसमले साथ नदिँदा तीन दिनदेखि राराका उडान प्रभावित
+
-

मुगु – मुगुस्थित रारा विमानस्थलमा ३ दिनदेखि उडान हुन सकेको छैन। मौसममा फेरबदल आइरहँदा रारा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ।

शुक्रबार नेपालगन्जबाट समिट एअरले यात्रु लिएर मुगुका लागि उडेपनी जुम्ला जिल्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुनः नेपालगन्ज विमानस्थल फर्केको थियो।

शनिबार मौसम नै खुलेन तर आइतबार मौसम खुले पनि समिट एअरले पहिलो फ्लाइट हुम्ला दोस्रो जुम्ला गरे पनि तेस्रो फ्लाइट राखिएको मुगुको उडान समय आउँदासम्म पुनः मौसममा खराबी आएपछि समिट एअरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगन गरेको थियो।

तीन दिनदेखि उडान नभएपछि नेपालगञ्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगन्ज जाने यात्रु अलपत्र परेका छन्। आज नभए भोलि उडान होला भन्दै होटलमा बास बस्दा खर्च गर्ने पैसा पनि नरहेको यात्रुहरू दुखेको पोख्छन्। रारा विमानस्थलमा उडान नहुँदा मुख्य गरी वर्षे बिदामा घर गएका शिक्षक प्रभावित भएका छन्।

शिक्षक नम्रता मल्ल भन्छिन्, ‘सडक राम्रो छैन। उडान मौसमले निश्चित छैन, मौसम खुले पनि स्थगन भएको जिल्लाको उडानलाई प्राथमिकता नदिएर पहिला अन्य रुटका जिल्लामा उडाइन्छ।’

रारामा उडान भन्ने ३ एअर लायन्समध्ये तारा एअर मर्मत सम्भारका लागि काठमाडाँै र सीता एअरको आफ्नै प्रशासनिक कामले मुगु उडान नगरेपछि समिट एअरले मात्र उडान भर्दै आएको थियो।

सीता एअर मुगुका स्टेसन प्रमुख धीरेन्द्र भाम आफ्नो एअरलायन्सले पनि मौसमले साथ दिए सम्भवतः सोमबारबाट रारा विमानस्थलमा नियमित उडान गर्ने बताए। रारा आफूहरूले नियमित उडान गर्दै आए पनि तीन दिनयता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एअर नेपालगन्ज स्टेसन प्रमुख वसन्त मल्ल बताउँछन्। उनी भन्छन्, ‘मुगु जाने र मुगुबाट नेपालगन्ज आउने यात्रुलाई सेवा दिनकै लागि शुक्रबार यात्रु लिएर जहाज मुगुतर्फ उडेको थियो तर बीच बाटोमा मौसम गडबड हँुदा फर्कनुपर्‍यो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?